स्व.नेताहरुको स्मृतिमा नेपाल खेलकुद महासंघ कास्कीको सरसफाई
पाेखरा | साउन ६, २०८०
पोखरा: नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले सचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस र मदन भण्डारीको ७२ औ जन्म जयन्तीको सन्दर्भमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
सन्देश प्रवाह गर्ने उद्देश्यसहित पोखराको लखनचोकबाट सरसफाई सुरु गरी सभागृह, सृजनाचोक, जिरो किमी हुँदै पोखरा ७ स्थित पुस्पलाल पार्कमा पुगेर समापन गरिएको संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज थममाया थापामगरले सकरात्मक सन्देश प्रवाह गरेको बताइन् ।
उनले राजनीतिको साथमा सामाजिक उत्तरदायीत्व बहन गर्ने खालका रचनात्मक कार्यहरुलाई निरन्तरता दिनसमेत आग्रह गरेकी दिइन् ।
थापामगरले खेलकुद महासंघको सकरात्मक कार्यको अन्य पार्टीका भातृ संगठनले पनि अनुसरण गर्नुपर्ने धारणा राखेकी थिइन् ।
सो सरसफाई कार्यक्रममा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटिका उपाध्यक्ष तेजनारायण अधिकारी र प्रचारप्रसार विभाग कास्की प्रमुख दर्शन लामा, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन लगायतको सहभागिता रहेको थियो ।
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...
काठमाडौं: नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

